काबुल । अफगानिस्तानमा राष्ट्रपति अशरफ गनी सरकारको समयमा केन्द्रीय बैंकको गभर्नर रहेका अजमल अहमदीले आइतबार देश छाडेका छन् ।
आइतबार नै तालिवानले राजधानीमाथि नियन्त्रण कायम गरेपछि राष्ट्रपति अशरफ गनीसँगै धेरै सरकारी अधिकारीहरुले देश छाड्ने क्रममा गभर्नर अहमदीले पनि अफगानिस्तान छाडेका हुन् ।
गभर्नर अहमदीले ट्वीटरमार्फत आफूले देश छाड्नुको कारणबारे जानकारी दिएका छन् । मुलुकमा जारी तनावका कारण अफगानी रुपैयाँको मूल्य सबैभन्दा कम पुगेको र एक डलरको सिपमेन्ट पनि नपाउने भनिएपछि आफूले देश छाडेको उनले प्रष्टीकरण दिएका छन् ।
1/The collapse of the Government in Afghanistan this past week was so swift and complete – it was disorienting and difficult to comprehend.
This is how the events seemed to proceed from my perspective as Central Bank Governor.
— Ajmal Ahmady (@aahmady) August 16, 2021
यो पनि पढ्नुहोस्–
तालिवानद्वारा सरकारी कर्मचारीलाई आममाफी दिने घोषणा, काममा फर्कन आग्रह
FACEBOOK COMMENTS