काठमाडौं । एअर इण्डियाको जहाज दुर्घटना भएपछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।
विमानस्थलका प्रवक्ताले विज्ञप्ति जारी गर्दै तत्काललाई विमानस्थल बन्द गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अहमदाबादबाट लण्डनको ग्याटविक जाँदै गरेको एअर इण्डियाको फ्लाइट नम्बर एआई१७१ आज उडेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको छ । यसको परिणामस्वरूप सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल अहिलेका लागि बन्द गरिएको छ । अर्को सूचना नआउन्जेल सबै उडानहरू स्थगित गरिएका छन् ।’
यात्रुहरूलाई विमानस्थल जानुअघि आ–आफ्ना एअरलाइन्सबाट अद्यावधिक जानकारी लिन अनुरोध गरिएको छ ।
‘हामी तपाईंहरूलाई सहयोग र धैर्य बनाइराख्न आग्रह गर्दछौँ । थप जानकारी उपलब्ध हुनासाथ दिनेछौँ ।’

सम्बन्धित समाचारहरू–

दुर्घटनाग्रस्त एअर इण्डियाको जहाजमा यी चार देशका नागरिक थिए सवार

यसरी भएको थियो एअर इण्डियाको जहाज दुर्घटना (भिडिओ)
इन्टर्न डाक्टर बस्ने होस्टेलमा ठोक्किएको थियो एअर इण्डियाको जहाज, थुप्रै हताहत भएको आशङ्का
FACEBOOK COMMENTS