एजेन्सी । म्यानमाले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) रणनीति र नीतिको मस्यौदा तयार गर्न सक्रिय रूपमा काम गरिरहेको छ ।
राष्ट्रिय एआई रणनीति तथा नीतिको मस्यौदा तयार गर्नको लागि चौथो समन्वय बैठक मङ्गलबार नेपि तावमा बसेको प्रतिवेदनले जनाएको छ ।
बैठकमा केन्द्रीय विज्ञान तथा प्रविधि मन्त्री म्यो थेन क्यावले एआईलाई देशको विकास क्षेत्रहरूमा प्रभावकारी रूपमा एकीकृत गर्न राष्ट्रिय एआई नीतिको मस्यौदा तयार भइरहेको जानकारी दिँदै एआईले विश्व अर्थतन्त्र र समाजमा द्रुत गतिमा अघि बढिरहेको बताए ।
केन्द्रीय मन्त्रीले नीतिको विकासको उद्देश्य नैतिकता, मापदण्ड र नियमहरूको पालना गर्ने र एआई क्षेत्रका लागि मानव संसाधन विकास गर्न र अन्तर्राष्ट्रिय साझेदारहरूसँग व्यवस्थित रूपमा सहकार्य गर्ने रहेको बताए ।
उनले एआई विशेषज्ञ र पेशेवरहरूसँग नजिकबाट काम गर्ने महत्त्वमा पनि जोड दिए ।
FACEBOOK COMMENTS