काठमाडौं । जेन्जी ओन्दोलनका क्रममा भएको आगजनीका कारण ध्वस्त भएको आयोनको शोरूम पानीपोखरीमा सारिएको छ ।
थापाथलीस्थित शोरुम पूर्णरूपमा जलेर नष्ट भएका कारण तत्कालका लागि उक्त शोरूम पानीपोखरीमा सारिएको सीजी मोटर्सले जनाएको छ ।
अब कम्पनीले केही समय पानीपोखरीबाट ग्राहकलाई सेवा प्रदान गर्नेछ । आगजनीका कारण कम्पनीले नसोचेको नोक्सानी बेहोरेको भए पनि फेरि उठ्ने विश्वास व्यक्त गरेको छ ।
नवप्रवर्तन, सेवा, विश्वासप्रति समर्पण झनै मजबुत बनाउँदै, आयोनले आफ्नो शोरूमलाई अस्थायी रूपमा पानीपोखरी स्थानान्तरण गरेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS