![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
बाजुरा । आज आएको हुरीबतासका कारण ठूलो क्षति भएको छ ।
गौमुल गाउँपालिका–६ सालिकोटका बाढीपहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता आज दिउँसो साढ एक बजे आसपासमा आएको हुरीबतासले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिए ।
सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हुरीबतासले उडाएपछि बस्नयोग्न नभएको वडा सदस्य चदाराले बताउनुभयो । बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको वडा सदस्य चदाराले बताए ।
घर निर्माण भएको एक महिना बित्न नपाउँदै हुरीबतासले घरको जस्तापाता उडाएर पाँच सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक विकले जानकारी दिए । आधाघण्टा बढी समय चलेको हुरीबतासले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको छ ।
FACEBOOK COMMENTS