काठमाडौँ । भारतको आसामको तेजपुरमा एक अवकाशप्राप्त भारतीय वायुसेना अधिकारीलाई पक्राउ गरिएको छ ।
पूर्व अधिकारीमाथि पाकिस्तानी गुप्तचर अधिकारीहरूसँग सम्पर्कमा रहेको र उनीहरूसँग रक्षा सम्बन्धी कागजातहरू साझा गरेको आरोप छ । प्रहरीले पक्राउ परेका व्यक्तिलाई कुलेन्द्र शर्माको रूपमा पहिचान गरेको छ ।
सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाशप्राप्त यी व्यक्ति लगभग दुई हप्तादेखि निगरानीमा रहेको र उनी र उनको सामाजिक सञ्जाल खाताहरूबाट धेरै कागजातहरू जफत गरिएको बताइएको छ ।
प्रहरीको जानकारी अनुसार, २००२ मा भारतीय वायुसेनाबाट अधिकारीको रूपमा अवकाश लिएपछि, अभियुक्त तीन वर्षअघि तेजपुर विश्वविद्यालयमा इलेक्ट्रोनिक्स र सञ्चार इन्जिनियरिङ विभागमा प्राविधिक सहायकको रूपमा कार्यरत थिए ।
एक प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानबाट अभियुक्तले राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही महत्त्वपूर्ण जानकारी अज्ञात व्यक्तिहरूसँग साझा गरेको खुलासा भएको बताए ।

FACEBOOK COMMENTS