काठमाडौं । काठमाडौंबाट भारतको दिल्ली उड्ने तयारीमा रहेको एअर इन्डियाको जहाजमा बम नरहेको पुष्टि भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीले एअर इन्डियाको २१५ नम्बरको जहाजमा बम राखिएको सूचना भ्रामक भएको बताएका छन् ।
बम रहेको सूचनपछि यात्रु ओरालेर जाँच गरिएको थियो । केही नभेटिएपछि यात्रुहरूलाई पुनः जहाजमा चढाइएको छ ।
सोमबार उक्त जहाज काठमाडौंमा अवतरण भएपछि भारतबाट जहाजमा बम राखिएको सूचना आएको थियो।
दिल्ली उडान गर्न यात्रुहरू चढाइसकेपछि एअर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमाण्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको थियो । त्यतिञ्जेल १६९ मध्ये ४० जना यात्रु चढिसकेका थिए ।
तर, उक्त सूचना आएसँगै सबैलाई ओरालेर नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमको खोजी गर्न थालेको थियो । केही नभेटिएपछि पुनः उडान गर्न लागेको हो ।
जहाज आज अपराह्न ३:५० बजे दिल्ली उड्ने तयारी थियो ।
FACEBOOK COMMENTS