काठमाडौं । भारतको दिल्लीबाट अमेरिकाको वाशिङ्टन डीसीका लागि उडेको एअर इण्डियाको जहाजमा अचानक प्राविधिक गडबडी देखापरेको छ ।
अष्ट्रेलियाको भियनामा इन्धन भर्नका लागि उडान रोकिएपछि गडबडी पत्ता लागेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । त्यसपछि उडान रद्द गरिएको बताइएको छ ।
एअरलाइन्सले वाशिङ्टन जाने यात्रुहरूलाई भियनामै ओरालेर वैकल्पिक सुविधामार्फत यात्रा गराएको बताइएको छ । यसबाहेक, वाशिङ्टन डीसीबाट भियना हुँदै नयाँ दिल्ली जाने एअर इण्डियाको उडान पनि रद्द गरिएको थियो ।
एअर इण्डियाका प्रवक्ताले जुलाई २ मा नयाँ दिल्लीबाट वाशिङ्टन डीसी जाने उडानलाई भियनामा इन्धन भर्नका लागि रोकिएको समयमा विमानमा प्राविधिक गडबडी पत्ता लागेको बताएका छन् ।
त्यसपछि वाशिङ्टन डीसीबाट भियना हुँदै दिल्ली जाने उडान पनि रद्द गरिएको र प्रभावित यात्रुहरूलाई दिल्ली जाने वैकल्पिक उडानहरूमा बुक गरिएको एअर इण्डियाले जनाएको छ ।
अहमदाबादमा गत महिना भएको एअर इण्डियाको विमान दुर्घटनापछि ठूलो सङ्ख्यामा विमानमा प्राविधिक समस्या आएको र उडान रद्द भएको घटना बाहिर आएका छन् ।
एअर इण्डिया र यसको सहायक कम्पनी एअर इण्डिया एक्सप्रेसले दैनिक ११ सयभन्दा बढी उडानहरू सञ्चालन गर्छन् । जसमा डेढ लाखभन्दा बढी यात्रुहरूले यात्रा गर्ने गरेको बताइएको छ ।
FACEBOOK COMMENTS