काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको जहाज दुर्घटनाग्रस्त भएको छ । आज बिहीबार दिउँसो सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएको केही समयभित्रै जहाज दुर्घटना भएको हो ।
टाइम्स अफ इण्डियाका अनुसार दुर्घटना एअर इण्डियाको बी७८७ एअरक्राफ्ट भीटी–एएनबी दुर्घटना भएको हो । लण्डनतर्फ जाँदै गरेको उक्त जहाजमा २ जना पाइलट र १० जना क्याबिन क्रूसहित २४२ जना सवार थिए ।
नागरिक उड्डयन महानिर्देशकालय (डीजीसीए) ले दिएको जानकारीअनुसार जहाज क्याप्टेन सुमित सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दारको नेतृत्वमा थियो ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS