काठमाडौं । भारतको अहमदाबादमा भएको एअर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा राहत र उद्धारको कार्य जारी छ ।
एअर इण्डियाको उडान नम्बर एआई–१७१ बिहीबार दिउँसो भारतीय समयअनुसार १ बजेर ३८ मिनेटमा उडान भरेको दुई मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो ।
विमान विमानस्थल परिसरनजिकै रहेको एअर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।
विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणीसहित २४२ यात्रु सवार रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार रहेको एअर इण्डियाले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS