काठमाडौं । अहमदाबाद विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले घटनाको समय आफूलाई भूकम्प आएको जस्तै लागेको बताएका छन् ।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै ती प्रत्यक्षदर्शीले भनेका छन्, ‘घरमा बसेको थिएँ, एकाएक ठूलो आवाज आयो । भूकम्प जस्तो लाग्यो । चारैतिर धुवाँ–धुवाँ थियो । विमान दुर्घटनाग्रस्त भएको थाहा थिएन । यहाँ (दुर्घटनास्थल) आपछि मात्र थाहा भयो । यहाँ आएर हेर्दा विमान दुर्घटनाग्रस्त थियो र थुप्रै शवहरू छरिएका थिए ।’
यस्तै, भाजपाकी विधायक दर्शना वघेलाले समाचार एजेन्सी एनआईलाई भनेकी छिन्, ‘म यहीँ मेरो अफिसमा बसेकी थिएँ । धमाका भयो । म त्यहाँ गएर हेर्दा विमान दुर्घटनाग्रस्त भएको देखेँ । धेरै धुवाँ थियो । डाक्टरहरूको फ्ल्याटलाई धेरै क्षति पुगेको छ । हामीले स्थानीय कार्यकर्ताहरूको सहयोगले त्यहाँबाट धेरै डाक्टरहरूलाई निकालेका छौँ ।’
एअर इण्डियाले जारी विज्ञप्तिअनुसार विमान उडेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको हो । उक्त विमान अहमदाबादबाट लण्डनको ग्याटविक जाँदै थियो ।
विमान भारतीय समयअनुसार दिउँसो १ बजेर ३८ मिनेटमा अहमदाबादबाट उडेको थियो, जसमा चालक दलका १२ सदस्यसहित २४२ जना सवार थिए ।

सम्बन्धित समाचारहरू–


दुर्घटनाग्रस्त एअर इण्डियाको जहाजमा यी चार देशका नागरिक थिए सवार
इन्टर्न डाक्टर बस्ने होस्टेलमा ठोक्किएको थियो एअर इण्डियाको जहाज, थुप्रै हताहत भएको आशङ्का
FACEBOOK COMMENTS