बिहीबार दिउँसो अहमदाबादबाट लण्डन जाँदै गरेको एअर इण्डियाको विमान उडेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको छ । विमानमा २४२ जना यात्रु सवार थिए । सबैकाे मृत्यु भएकाे प्रहरीले पुष्टि गरेकाे छ ।
अहमदाबाद विमानस्थलबाट उडेको केही समयपछि नै विमान एक आवासीय क्षेत्रमा ठोक्किएर खसेको हो । दुर्घटनास्थलमा आगालागीसहित धुवाँको बाक्लो ठूलो मुस्लो देखिएको थियो । उद्धार कार्य अझै जारी छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
दुर्घटनापछिका तस्बिरहरू :
FACEBOOK COMMENTS