काठमाडौं । हिजो बिहीबार भारतको गुजरातस्थित अहमदाबादमा भएको एअर इण्डियाको जहाज दुर्घटनामा जहाजमा सवारबाहेक अन्य आठ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार अहमदाबादका एक वरिष्ठ स्वास्थ्य अधिकारीले यसको पुष्टि गरेका छन् ।
मृतकहरूमध्ये चार जना मेडिकल विद्यार्थी हुन्, जो विमानले ठक्कर दिएका भवनहरूमध्ये एकमा बस्दै आएका थिए । बाँकी चार जना होस्टेलमा बस्ने अन्य विद्यार्थीहरूका आफन्त हुन् ।
अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै हिजो दिउँसो एअर इण्डियाको जहाज उडेको केहीबेरमै दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका १२ सदस्यसहित जहाजमा सवार १४२ जनामध्ये १४१ जनाको मृत्यु भएको थियो । एक जना यात्रुको भने जीवितै उद्धार गरिएको छ ।
FACEBOOK COMMENTS