काठमाडौं । भारतको अहमदावादमा भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा राहत र उद्धारको कार्य जारी रहेको छ ।
एयर इन्डियाको उडान नम्बर एआई–१७१ विहिबार दिउँसो भारतीय समय अनुसार १।३८ बजे उडान भरेको दुई मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो ।
विमान विमानस्थल परिसर नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।
विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसहित २४२ यात्रु सवार रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विमान अहमदावाबाट लन्डन जादै थियो ।
दुर्घटनाग्रस्त एअर इण्डियाको जहाजमा सवार थिए २४२ जना
FACEBOOK COMMENTS