काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको जहाज दुर्घटनाग्रस्त भएको छ । आज बिहीबार दिउँसो सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएको केही समयभित्रै जहाज दुर्घटना भएको हो ।
टाइम्स अफ इण्डियाका अनुसार दुर्घटना एअर इण्डियाको बी७८७ एअरक्राफ्ट भीटी–एएनबी दुर्घटना भएको हो । लण्डनतर्फ जाँदै गरेको उक्त जहाजमा २ जना पाइलट र १० जना क्याबिन क्रूसहित २४२ जना सवार थिए ।
नागरिक उड्डयन महानिर्देशकालय (डीजीसीए) ले दिएको जानकारीअनुसार जहाज क्याप्टेन सुमित सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दारको नेतृत्वमा थियो ।
जहाज दुर्घटनाबारे यी अपडेटहरू पनि पढ्नुहोस्–
आवासीय भवनमाथि खसेको थियो दुर्घटनाग्रस्त एअर इण्डियाको पुर्जा
दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री सवार
दुर्घटनाग्रस्त एअर इण्डियाको जहाजमा सवार थिए २४२ जना
एअर इण्डियाको जहाज दुर्घटना
FACEBOOK COMMENTS