काठमाडौं । घटेको हवाई भाडा आजदेखि लागू भएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको जनाएको छ ।
निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँले कटौती गरेको थियो । सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब सात हजार ७० भाडा कायम गरिएको छ ।
काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा तीनसय ४५ घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० कायम भएको छ ।
FACEBOOK COMMENTS