काठमाडौं । काठमाडौंको आकाशमा आगो देखिएको विमान दुबइतर्फ नै प्रस्थान गरेको छ ।
इन्जिनमा समस्या भयो भनेर रिपोर्टिङ भएपनि केही समयपछि अवस्था सामान्य भएको जहाज गन्तव्यतर्फ लागेको प्रस्थान गरेको छ ।
त्रिभुवन विमानस्थल प्रमुख प्रतापवावु तिवारीका अनुसार सोमबार राति ९ बजेर २३ मिनेटमा उडेको विमानको इन्जिनमा समस्या देखिएको भन्दै चालक दलले खबर गरेपछि विमान आकस्मिक अवतरणको तयारी गरिएको थियो ।
काठमाडौंको आकासमा केहीबेर फन्को लगाएको विमान पछि समस्या सामान्य भएपछि गन्तव्य तर्फ नै लागेको हो । जहाजमा १२० नेपालीसहित १६७ जना यात्रु सवार छन् । यस्तै पर्यटन मन्त्री सुदन किरातीले फ्लाई दुवईको जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नलिनु हालो सबैलाई शुभ यात्रा भन्दै फेसबुकमा स्टाटस लेखेका छन् ।
FACEBOOK COMMENTS