काठमाडौँ । भारतको सबैभन्दा ठूलो घरेलु एयरलाइन्स इन्डिगोले सामान्य सञ्चालनमा फर्कने घोषणा गर्दै अन्य धेरै घोषणाहरू गरेको छ ।
इन्डिगोले बिहीबार हालैका उडान अवरोधहरू पछि, यसले संकटबाट ुगम्भीर रूपमा प्रभावितु ग्राहकहरूलाई १० हजार बराबरको यात्रा भौचर प्रदान गर्ने घोषणा गरेको छ ।
यसका साथै, प्रस्थानको २४ घण्टा भित्र उडानहरू रद्द गरिएका यात्रुहरूले ५ हजारदेखि १० हजार सम्मको क्षतिपूर्ति प्राप्त गर्नेछन् । यी क्षतिपुर्ति भौचरको रुपमा दिने इन्डिगोले जनाएको छ ।
यात्रुहरूले आगामी १२ महिना भित्र भविष्यमा हुने कुनै पनि इन्डिगो उडानको लागि यी यात्रा भौचरहरू प्रयोग गर्न सक्ने बताएको छ ।

विज्ञप्ति अनुसार, सरकारी निर्देशिका अनुसार यो अनिवार्य क्षतिपूर्ति उडानको ब्लक समयमा निर्भर हुनेछ । एयरलाइन्सले रद्द गरिएका उडानहरूको रकम फिर्ताको सबै प्रक्रिया गरिएको बताएको छ । यी मध्ये धेरैजसो रकम ग्राहकको खातामा जम्मा गरिएको छ, र बाँकी चाँडै वितरण गरिने इन्डिगोले जनाएको छ ।

FACEBOOK COMMENTS