काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरीलाई उपत्यका प्रहरी कार्यालयले काज सरुवा गरेको छ ।
उनीहरूलाई काजमा रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा सरुवा गरेको हो ।
सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का एक जना जवान छन् ।
माघ २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरबाट एराइभलतर्फ आइरहेका मोक्तानलाई जाँच गर्न खोज्दा वाक थ्रु (एक्स–रे) गेट पासको चेकिङमा रहेका प्रहरी जवान रविरन्जन गुप्ता, प्रहरी सहायक निरीक्षक संजय तामाङसहित तीन प्रहरी कर्मचारीसँग कुटपिट भएको थियो ।
प्रहरी अधिकृतहरू छायालालले सुरुमा चेकजाँचमा संलग्न प्रहरी जवान रवि रञ्जन गुप्तालाई आक्रमण गरेको बताउँछन् ।
उक्त विषयमा छानबिन गर्न गृहमन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वमा समिति समेत बनाइएको थियो । समितिले असई तामाङलाई निलम्बन र अध्यागमन अधिकृत मोक्तानलाई त्यहाँबाट हटाउन सिफासिर गरेको थियो ।
समितिको सिफारिसप्रति विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द असन्तुष्ट थिए । उनले सोही कारण राजीनामा दिएका थिए । तर, उनको राजीनामा भने प्रहरी प्रधानकार्यालयले अस्वीकृत गरिदिएको थियो ।
FACEBOOK COMMENTS