![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रतिकूल मौसमका कारण शुक्रबारअपरान्हदेखि हवाई उडान प्रभावित बनेको छ ।
काठमाडौंमा चलेको हावाहुरीका कारण त्रिभुवन विमानस्थलबाट हुने उडानहरु डिले भएका छन् । दोहाबाट आएको कतार एयरवेज र नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज आकाशमै होल्ड भएका छन् ।
आन्तरिकतर्फ पनि विराटनगर, पोखरासहितका गन्तव्यमा जानु पर्ने जहाजहरु डिले भएका छन् । अहिले काठमाडौंमा हावाहुरीका कारण सडकमा समेत जनजीवन प्रभावित बनेको छ ।
FACEBOOK COMMENTS