काठमाडौँ । इजरायलले पछिल्लो २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार ती आक्रमणहरूमा क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र हतियार निर्माण हुने स्थानलाई विशेष रूपमा निशाना बनाइएको हो ।
इजरायली रक्षा बलका अनुसार पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य ईरानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण गरिएको छ । यस क्रममा क्षेप्यास्त्र प्रक्षेपण यन्त्र, हवाई रक्षा प्रणाली, हतियार भण्डारण केन्द्र तथा अन्य सैन्य संरचनालाई लक्षित गरिएको बताइएको छ ।
सेनाका अनुसार यी कारबाही ’रोरिङ लायन’ नाम दिइएको अभियान अन्तर्गत भइरहेको हो । उक्त अभियान सुरु भएयता इजरायली वायुसेनाले सयौँ आक्रमण अभियान पूरा गरिसकेको पनि सेनाले जनाएको छ ।
यसैबीच इजरायलले इरानका तेल प्रशोधन केन्द्रमा पनि आक्रमण शुरु गरेको छ । आक्रमणपछि आगोका ठुलो मुस्लो तेहरानको आकाशमा देखिएका भिडियोहरु र तस्बीर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
FACEBOOK COMMENTS