![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
यो पटकको क्यान इन्फोटेक मेलामा आईएमई–पे टाइटल स्पोन्सरको रूपमा आएको छ । आईएमई–पे ले डिजिटल वालेटको इन्ड्रष्टिजमा बिगत पाँच वर्षदेखि स्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आइरहेको छ । टेक र इन्फोटेकसँग सम्बन्धित जति पनि ग्राहकहरू हुनुहुन्छ उहाँहरू सबैलाई एकीकृत गर्नसक्ने मेला भनेकै क्यान इन्फोटेक हो । जुनचाहिँ धेरै वर्ष पहिलादेखि क्यान महासंघले आयोजना गर्दै आएको छ ।
यो मेलामा हामीले लक्षित गरेको अधिकतम ग्राहकहरूको उपस्थिति रहने भएकाले टाइटल स्पोन्सरका रूपमा सहभागी छौँ । यो मेलामा सहभागी हुनुको मुख्य विशेषता भनेको क्यान महासंघले अवलम्बन गरेको ‘पेपरलेस र क्यासलेस टिकट’ को अवधारणालाई कार्यान्वयन गर्न हो । यसको अर्थ भनेको क्यान प्रवेशका लागि टिकटिङको व्यवस्थापन आईएमई–पे ले गरेको छ । जहाँ हामी १ रुपैयाँमै क्यान अवलोकनका लागि प्रवेश अनुमति दिनेछौँ । आईएमई–पेका एक जना युजरले अधिकतम पाँच वटासम्म टिकट खरीद गर्न पाउने छन् ।
आईएमई–पेको स्टलमा भिजिट गर्ने सबै आईएमई–पे मोबाइल वालेट प्रयोगकर्ताहरूलाई आईएमई–पेले जारी गरेको भिजा कार्ड निःशुल्क उपलब्ध गराउनेछौँ । विशेषगरी मोबाइल बालेट प्रयोगबारे अवलोकनकर्ताहरूलाई थप जानकारीहरू दिँदै केही नयाँ सिकाउने प्रयत्न गर्नेछौँ । त्यसका लागि सबै जनाले हाम्रो स्टल भिजिट गरिदिनुहुन अनुरोध गर्दछौँ ।
FACEBOOK COMMENTS