काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सन्राइज क्यापिटलसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्तारक्षर गरे ।
FACEBOOK COMMENTS