कठमाडौं । होटल अकामा र वीनदम होटल तथा रिसोटबीच फ्रेन्चाईजका लागि सम्झौता भएको छ । बुधबार एक कार्यक्रम गर्दै होटल अकामा र वीनदम होटल तथा रिसोटबीच फ्रेन्चाईजका लागि सम्झौता भएको हो ।
काठमाडौंको धुम्बाराहीमा विगत ४ वर्षदेखि चार तारे होटलको रुपमा सञ्चालनमा आएको अकामा यहि मंसिरदेखि पाँच तारे होटलमा परिणत भएको थियो ।
उक्त होटलले अमेरिकन चेन होटल ब्राण्ड ‘रामादा बाई वीनदम’ को नामबाट होटललाई स्तरउन्नती गर्ने लागेको हो ।
सन् २०१९ देखि सञ्चालनमा आएको अकामा होटल १२० भन्दा बढी देशमा पुगेको ‘रामादा बाई वीनदम’ ब्राण्डबाट सञ्चालित हुनु गौरवको क्षण रहेको कम्पनी अध्यक्ष विनय कुमार श्रेष्ठले बताएका छन् । नेपालको पर्यटन, होटल तथा आतिथ्यताको क्षेत्रमा योगदान पुग्न गई पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने र विश्व बजारमा नेपालको प्रचारप्रसारमा समेत मद्दत पुग्ने उनको विश्वास छ ।
९ रोपनी क्षेत्रफलमा फैलिएको अकामा होटलमा सुपेरीयर-९५, डिलक्स -६, डिलक्स स्विट-४, फेमिनि स्विट- २, प्रेसिडेन्टल स्विट- १ गरी जम्मा १०८ कोठाहरु र २ सय बेड संख्या छ । न्युनतम २० देखी ६५० जना सम्म कभर गर्ने सक्ने ५ वटा हल साथै, स्पेशल चाउवेला रेष्टुरेष्ट समेत गरी तिन वटा रेष्टुरेष्टहरु तथा आउटडोर स्वमिङ्ग पुल, जिम, स्टिम, साउना, ज्याकुजी र स्पा रहेका छन् ।
साथै, यस होटलमा हाल १३० जना दक्ष कर्मचारीहरु छन् । दुई तला बेसमेन्ट सहितको पर्याप्त पार्किङ सुविधा समेत रहेको छ । त्रिभुवन इन्टरनेशनल एयरपोर्ट, पशुपतीनाथ, बौद्ध स्तुपा, बुढानिलकण्ठ मन्दिर, दरवार स्क्वायर, स्वयम्भूनाथ स्तुपा तथा ठमेल लगायतका प्रमुख पर्यटकीय गन्तब्य स्थलहरु र्नजक रहेको यो होटल ‘रिङ रोड’ को मध्य भागमा अवस्थित छ ।
होटलले निकट भविष्यमा सर्वसाधारण जनतामा समेत शेयर जारी गर्ने तयारी गरी कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS