काठमाडौं । २२ लाख ५० हजार रुपैयाँ नगदसहित रंगेहात पक्राउ परेका गाेल्ड मेडलिस्ट उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार मुद्दा दायर गरेको छ ।
मन्त्रालयको नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले दाबी गरेको छ ।
अख्तियारको टोलीले उनलाई साउन १७ गते नक्सालस्थित होटल अरण्यबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
उनी चढ्ने गाडीमा खानतलासी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ भेटिएको थियो ।
FACEBOOK COMMENTS