काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहादानी विभागको परिचय पत्र शाखामा कार्यरत तत्कालीन कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईविरुद्ध भष्ट्रचारसम्बन्धी आरोपपत्र दायर गरेको छ ।
आयोगले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले सेवाग्राहीहरुलाई राहदानी बनाइदिने भनी रकम लिएको भन्दै आरोपपत्र दायर गरेको हो ।
भट्टराईविरुद्धको उजुरीमा अनुसन्धान गर्दा नियमित तरिकाबाट प्राप्त हुने राहदानीको लागि सेवाग्राहीसँग ३४ हजार घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
साथै, आयोगले राहदानी बनाउन घुस दिने सुमी धामी भनिने सुमित्रा सापकोटाविरुद्ध पनि आरोपपत्र दायर गरेको छ । सापकोटाले भट्टराइलाई घुस लिन कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको आयोगले जनाएको छ ।
उनीहरुविरुद्ध ३४ हजार विगो र भष्ट्राचार निवारण ऐन अनुसार कारबाही माग गरेको छ ।
FACEBOOK COMMENTS