काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर अल अहली साउदीसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल अहलीले अल नासरलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । अल अहलीको जितमा इभान टोनीले दुई गोल गरेका थिए भने मरिह डेमिरालले एक गोल गरेका थिए ।
त्यस्तै अल नासरका लागि अब्दुलेलाह अल अम्रीले दुवै गोल गरेका थिए । यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा दुवै टिमका एक के जनाले रातो कार्ड पाएका थिए ।
यो अल नासरको यस सिजनमा पहिलो हार हो । यस अघि ११ खेलमा अपराजित रहेको अल नासरले पहिलो हार बेहोरेको छ । यो हारपछि अल नासरको १२ खेलमा ३१ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल अहलीको १२ खेलमा २५ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ ।
FACEBOOK COMMENTS