काठमाडाैं । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले आरोपबाट सफाइ पाएका छन् ।
व्यक्ति हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सफाइ दिएको हाे ।
बुधबार न्यायाधीश डा खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाएको हो ।
आलममाथि पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित उनका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप थियो ।
सर्वोच्च अदालतको आदेशपछि उनलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
FACEBOOK COMMENTS