काठमाडौं । सरकारले आज संसद्मा प्रस्तुत गरेको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ९आर्थिक विधेयक० २०८१’ ले मदिरामा कर बढाएको छ ।
सरकारले अल्कोहल रहित बियरमा प्रतिलिटर ३५ रुपैयाँ बाट ४५ रुपैयाँ, ‘इनर्जी ड्रिङ्स’मा प्रतिलिटर ५० रुपैयाँ बाट ५२ रुपैयाँ पु¥याइएको छ । १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको वियरमा प्रतिलिटर १६ र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएमा प्रतिलिटर १९ रुपैयाँ अन्तःशुल्क बढाइएको छ । त्यस्तै, छ्याङ ९कन्ट्रि बियर० मा प्रतिलिटर ४३ रहेको अन्तःशूल्कलाई ४८ रुपैयाँ पु¥याइएको छ ।
१५ युपि शक्तिको ४८ दशमलव पाँच प्रतिशत अल्कोहलको मात्रा भएको तयारी ब्राण्डीमा प्रतिलिटर रु एक हजार आठ सय बराबर अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर रु एक हजार आठ सय ६० पुर्याइएको छ । २५ युपि शक्ति भएको यस्तो प्रकृतिको ब्राण्डीमा प्रतिलिटर रु ४५ कर बढाइएको छ ।
FACEBOOK COMMENTS