काठमाडौँ । सडक सुरक्षा जागरुकता, सवारी सुरक्षा जागरुकता र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले अल्फा अटोमोटिभ प्रा.लि।.ले रेक्सेस राइड ओ कार्यक्रमको आयोजन गर्ने जनाएको छ ।
अल्फा अटोमोटिभले एक प्रेस विज्ञप्ति जारी गरी कार्यक्रमको आयोजन गर्न लागेको जानकारी दिएको हो । अल्फा अटोमोटिभ प्रा।लि रोयल इनफिल्डु को लागी आधिकारिक बिक्रेता रहेको जनाएको छ ।
सडक सुरक्षा जागरुकता, सवारी सुरक्षा जागरुकता र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले आयोजित कार्यक्रममा रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्ने अल्फा अटोमोटिभ जनाएको छ ।
अल्फा अटोमोटिभका अनुसार कार्यक्रम यही फाल्गुन १९ र २० गते हुनेछ । फाल्गुन १९ गतेविहान ६ बजे रोयल इनफिल्डको नक्साल सोरूमबाट सुरु हुने यो राइड थान्कोट–नागढुङ्गा–नौबिसे–बैरेनि–बेनिघाट–कुरिन्टार–मुग्लिङ्–आबु खैरेनि–डुम्रे हुँदैसोही दिन बन्दीपुर पुग्नेछ ।
बन्दीपुर पुगेपछि राइडरहरूको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन । फागुन २० गते बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले आ–आफ्नै गन्तव्य फर्किनेछन र कार्यक्रम समापन गरिने छ ।
राइडरहरूले रोयल इन्फिल्डबाट विशेष उपहार उपलब्ध गराउने कार्यकममा सहभागी हुन फागुन १६ भित्र फारम बुझाइसक्नु पर्ने समेत अल्फा अटोमोटिभले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS