दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनलाई हैदरावाद पुलिस स्टेशनमा लगिएको छ ।
उनको फिल्म ‘पुष्पा २’ को सिनेमा हलमा प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि उनीविरूद्ध मुद्दा दर्ता भएको थियो ।
फिल्म ‘पुष्पा २’ रिलिजको पूर्वसन्ध्यामा हैदरावादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो । मानिसहरू अग्रिम टिकट काटेर चलचित्र हेर्न पुगेका थिए ।
अल्लु अर्जुनको टोलीले अचानक त्यहाँ भ्रमणको योजना बनाएर थिएटरमा पुग्नेबित्तिकै उनलाई हेर्न फ्यानहरूमा भागदौड मच्चिएको थियो ।
भागदौडका क्रममा त्यहाँ एक महिलाको मृत्यु भएपछि अल्लु अर्जुनसहित धेरै व्यक्तिहरूविरूद्ध मुद्दा दर्ता भएको थियो ।
समाचार एजेन्सी एएनआईका अनुसार हैदरावाद पुलिसले अल्लु अर्जुनलाई सोधपुछका लागि प्रहरी चौकी लगेको छ ।
FACEBOOK COMMENTS