काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो अवैध सुन चोरी पैठारी तथा संगठित अपराध मुद्धामा फरार अमला रोकालाई पक्राउ गरेको छ ।
रोकालाई ब्युरोले शुक्रबार काठमाडौंको टोखा- ३ सुर्यदर्शन टोलबाट पक्राउ गरेको प्रवक्ता युवराज खड्काले जानकारी दिएका छन् ।
२०८० को श्रावण २ गते बरामद गरिएको ६० किलो अवैध सुन प्रकरणमा रोका आरोपित रहेकी थिइन् ।
४४ बर्षिय रोकालाई आवश्यक कानूनी कारवाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने ब्युरोले जनाएको छ ।
FACEBOOK COMMENTS