काठमाडौं । सुदूरपश्चिमका सरोकारवालाहरूले संस्कृतिविद् अम्बादत्त भट्ट र बुद्धिजीवि टीकाराम भट्टलाई मन्त्री बनाउनुपर्ने माग गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित सामाजिक संस्था ‘प्रशंसा संरक्षण समूह’को २७औँ साधारण सभालाई सम्बोधन गर्ने अधिकांश अगुवाहरूले भट्टद्वय अम्बादत्त र टीकारामलाई मन्त्री बनाउनुपर्ने धारणा अघि सारेका हुन् ।
उनीहरूले वर्तमान मन्त्रिपरिषदमा हालसम्म सुदूरपश्चिमको प्रतिनिधित्व नरहेको अवस्थामा कुनै पनि राजनिति दलसँग संलग्न नरही लामो समयदेखि विभिन्न संस्थामा संलग्न रहेका समाजिक रुपान्तरणमा निरन्तर काम गरिरहेका तथा सहकारीकर्मी समेत रहेका अधिवक्ता एवम् संस्कृतिविद् अम्बादत्त भट्टलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र लामो समयदेखि नेपाली सेनामा रहेर स्वच्छ छवी बनाएका बुद्धिजीवि टीकाराम भट्टलाई रक्षामन्त्री बनाउनुपर्ने सुझाव दिएका छन् ।
वर्तमान मन्त्रिपरिषदमा सुदुरपश्चिमको सहभागिता र देशको सबै क्षेत्रका व्यक्तिहरू समावेश गर्दा मात्रै आगामी फागुन २१ गते हुने आम निर्वाचन सफल पार्न सकिने धारणा व्यक्त गरेका छन् ।
यो पनि पढ्नुहोस्–

प्रशंसा संरक्षण समूहको अध्यक्षमा अवस्थी, पदाधिकारी र सदस्यमा को–को आए ?
