काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा सोमवार भएको भेटको अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको भन्दै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गरे ।
अमेरिका मानव विकास संसाधन एवं बहुपक्षीय सहयोगमा सक्रिय रहँदै आएको उल्लेख गर्दै राजदूत बेरीले जलवायु परिवर्तनका मुद्दामा थप सहकार्य गरिने बताए । साथै ऊर्जाको विकासका लागि मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अगाडि बढाउन पहल गरिदिन उनले मन्त्री भुसालसँग आग्रह गरे ।
मन्त्री भुसालले नेपालको विकास निर्माण र विपद्का बेला अमेरिकी सरकार र जनताले पुर्याएको सहयोग महत्त्वपूर्ण रहेको बताइन् । एमसीसीबारे राजदूतले गरेको आग्रहप्रति उनले जनता र राष्ट्रको हितमा नेपालले सहयोग स्वीकार गर्ने धारणा राखेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS