काठमाडौं । अमेरिकाले युक्रेनमा हतियारको आपूर्ति पुनः सुरु गरेको छ ।
गत साता केही महत्त्वपूर्ण सैन्य सहयोग रोकिएको भए पनि अब अमेरिकी प्रशासनले हतियार आपूर्ति फेरि सुचारु गरेको हो।
राष्ट्रपति जेलेन्स्कीका अनुसार यसले युक्रेनी सेनालाई रुसविरुद्धको रक्षा क्षमतामा थप मद्दत पुर्याउने विश्वास गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नेटो गठबन्धनमार्फत थप हतियार सहयोग गर्ने योजना अघि सारेका छन् ।
सोही योजनाअनुसार युक्रेनले नेटोमार्फत अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली समेत प्राप्त गर्नेछ।

युक्रेनमा रुसले पछिल्ला दिनमा हवाई आक्रमण तीव्र बनाएको छ।

रूसी सेनाले दैनिक सयौं ड्रोन र मिसाइलमार्फत आक्रमण गरिरहेको भन्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सहयोगले रक्षात्मक क्षमतामा महत्वपूर्ण सुधार हुने बताएका छन्।