काठमाडौं । अमेरिकी सरकारले आफ्नो नागरिकलाई मध्यपूर्व क्षेत्रका १४ देश छोड्न अपील गरेको छ ।
इरानले मध्यपूर्वमा अमेरिकी स्थापनाहरूमा हमला गर्न जारी राखेपछि अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वका देश छोड्न आग्रह गरेको हो ।
पछिल्लो पटक इरानले इराकको बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण भएपछि इराक छोड्न निर्देशन दिएको थियो । अमेरिकी दूतावासले चेतावनी जारी गर्दै नागरिकलाई तत्काल इराक छोड्नु आग्रह गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका सरकारले ओमानबाट गैर(आपतकालीन सरकारी कर्मचारी र तिनका परिवारलाई पनि बाहिर जान आदेश दिएको छ ।
इरानले हाल ओमान, साउदी अरब, युएई, कतार, कुवेत, बहराइनलगायतमा रहेका अमेरिकी दुताबास, अमेरिकी सेनाका बेसमा लगातार आक्रमण गरिरहेको छ ।

FACEBOOK COMMENTS