काठमाडौँ । वैदेशिक राजगारीका लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ का ३६ वर्षीय विशाल श्रेष्ठ र ६४ वर्षीया शान्ति श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।
चन्द्रबहादुर रावललाई वैदेशिक रोजगारको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रति व्यक्ति ४० लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनिमा काम लगाई दिन्छु, मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई पटकपटक गरी १५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ
