काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिका आक्रमण गरेमा क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको धम्की दिइरहेको समयमा खामेनीले यस्तो चेतावनी दिएका हुन् ।
खामेनीले भनेका छन्– ’अमेरिकीहरूले बुझ्नुपर्छ, यदि उनीहरूले युद्ध सुरु गरे भने, यस पटक यो क्षेत्रीय युद्ध हुनेछ ।’
अमेरिकी विमानवाहक युएसएस अब्राहम लिंकन सहित धेरै युद्धपोतहरू अरब सागरमा तैनाथ गरिएको छ । तेहरानमा राष्ट्रव्यापी विरोध प्रदर्शनमा इरानको दमन पछि ट्रम्पको आदेशमा अमेरिकी युद्धपोतहरू पठाइएको थियो ।
FACEBOOK COMMENTS