काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा निधन भएको छ ।
लोभेलले १९७० मा अपोलो १३ अभियानलाई सुरक्षित रूपमा पृथ्वीमा फिर्ता ल्याउन मद्दत गरेका थिए । नासाले उनले सम्भावित त्रासदीलाई सफलतामा परिणत गरेको उल्लेख गरेको छ ।
अन्तरिक्ष यान पृथ्वीबाट हजारौं माइल टाढा रहेको बेला चन्द्रमामा अवतरण गर्ने प्रयासको क्रममा अन्तरिक्षयान विस्फोट भएको थियो ।
त्यसपछि अरबौं मानिसहरूले टेलिभिजनमा लोभेल र दुई अन्य अन्तरिक्षयात्रीहरू प्रशान्त महासागरमा अवतरण गरेको देखे, जुन क्षण अन्तरिक्ष यात्राको इतिहासमा सबैभन्दा अविस्मरणीय क्षणहरू मध्ये एक बन्यो ।
लोभेल पनि अपोलो ८ अभियानको हिस्सा थिए, दुई पटक चन्द्रमामा उडान गर्ने तर वास्तवमा त्यहाँ कहिल्यै अवतरण नगर्ने पहिलो व्यक्ति पनि हुन् ।
अपोलो ८ चालक दल तल्लो पृथ्वीको कक्षाभन्दा बाहिर यात्रा गर्ने र अर्को आकाशीय पिण्डको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश गर्ने पहिलो समूह थियो । यो नासाको अहिलेसम्मको सबैभन्दा खतरनाक अभियान थियो ।
नासाका कार्यवाहक प्रमुख सीन डफीले लोभेलले अमेरिकी अन्तरिक्ष कार्यक्रमलाई ऐतिहासिक बनाउन मद्दत गरेको बताए ।
FACEBOOK COMMENTS