काठमाडौँ । सिरियामा इस्लामिक स्टेट (आईएस) का बन्दुकधारीले गरेको आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषेको मृत्यु भएको छ ।
अमेरिकी केन्द्रीय कमाण्डले आक्रमणमा अन्य तीन अमेरिकी सैनिक घाइते भएकाको र आक्रमणकारी मारिएको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बारेमा जानकारी दिदै यो अमेरिका र सिरियाविरुद्ध आइएसआईएसको आक्रमण भएको र यसको कडा प्रतिक्रिया दिने बताएका छन् ।
FACEBOOK COMMENTS