काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दिएको अभिव्यक्ति विवादमा परेको छ ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्ने क्रममा सांसद सिंहले केही जिल्लाबाहेक देशको भाग अमेरिकालाई लिजमा दिनुपर्ने बताएपछि नेकपा एमालेका सांसदहरूले आपत्ति जनाएका थिए ।
उनले भनेका थिए, ‘नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो चार पाँच जिल्ला जुन भाग्यमानी जिल्ला छन्, त्यसलाई नेपालमा राखौँ, बाँकी ७२ जिल्लालाई लिजमा दिऔँ अर्को देशलाई, अमेरिकालाई दिऔँ, चीनलाई दिऔँ, भारतलाई दिऔँ, बजेट नै जाँदैन भने त्यो जिल्लालाई नेपालमा किन राख्ने ?’
सांसद सिंहको यो अभिव्यक्तिपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यो भनाइ देशद्रोही अभिव्यक्ति भएको बताउँदै कारबाहीको माग गरेका थिए । उनले यो राष्ट्रघाती अभिव्यक्ति भएको भन्दै कारबाहीको विषय भएको बताएका थिए ।
एमालेको आपत्तिपछि सभामुखले सांसद सिंहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

हेर्नुहोस् भिडिओ–


              
              
              
              		              
FACEBOOK COMMENTS