काठमाडौं । विद्युतीय निर्माण सामग्री क्षेत्रको अग्रणी एङ्कर बाई पानासोनिकले ह्यात प्लेस, काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो नवीनतम आविष्कार जिभा स्विच सकेटका उत्पादन अनावरण गरेको छ । कार्यक्रममा १५० प्रमुख विक्रेता र उद्योगका सरोकारवालाहरूको सहभागिता रहेको थियो, जुन नेपालमा उक्त उत्पादनबारे जानकारी दिनका लागि महत्त्वपूर्ण कोसेढुङ्गा बन्यो ।
कार्यक्रममा एंकर बाई पानासोनिक, भारतबाट प्रमुख अतिथिका रूपमा योशियुकी काटो, विशाल नाङ्गलिया र सुनसुके मिजो उपस्थित थिए, जसले जिभा उत्पादनका स्विच सकेटहरूका बारेमा जानकारी गराएका थिए । उनीहरूले वस्तुको गुणस्तर, नवीनता र खुद्रा विक्रेता र उपभोक्ताहरूलाई समान रूपमा मूल्य प्रदान गर्न ब्राण्डको प्रतिबद्धतालाई जोड दिएका थिए ।
जिभा उत्पादन एंकर बाई प्यानासोनिकको उत्कृष्टताको नवीनतम प्रयासको प्रमाण हो, जसले प्रतिस्पर्धी बजारमा ब्राण्डका लागि नयाँ सुरूवातको प्रतीकलाई जनाउने छ । अत्याधुनिक प्रविधि र आधुनिक सौन्दर्यशास्त्रका साथ डिजाइन गरिएको जिभाले स्थायित्व, कार्यक्षमता र शैलीलाई प्रतिनिधित्व गर्दछ, जसले ग्राहकहरूको विलासितका आवश्यकताहरू पूरा गर्नेछ ।
विद्युतीय क्षेत्रमा अग्रणी ब्राण्डको रूपमा आफ्नो स्थानलाई सुदृढ गर्दै पावर व्यवसायमा एंकर बाई प्यानासोनिकले बजारमा आफ्नाे उपस्थितिलाई सुदृढ पार्ने उद्देश्यले यो प्रक्षेपण गरेको हो । यसले कम्पनीको डिलर र रिटेलर सञ्जाललाई नेपालभर विस्तार गरेको छ, दिगो विकासका लागि व्यवसायलाई बलियो बनाउँदै जिभासँग एंकर बाई प्यानासोनिकले प्रतिस्पर्धी मूल्यहरूमा उच्च गुणस्तरका उपकरणहरू प्रस्तुत गरेको छ, ग्राहकहरूको लागि न्यूनतम मूल्यमा विश्वसनीयता सुनिश्चित गर्दै नवीनता र उत्कृष्टताप्रति आफ्नो निरन्तर प्रतिबद्धता देखाएको छ ।
कार्यक्रममा बोल्दै श्री योशियुकी काटोले भने, ‘जिभा उत्पादनले विद्युतीय निर्माण सामग्री उद्योगमा उत्कृष्टता प्रदान गरेको छ । जिभाको उत्पादनले विद्युतीय क्षेत्रमा नौलो आयाम परिभाषित गर्दै प्रिमियम उत्पादनहरू ग्राहकसमक्ष प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिएको छ । हामी विश्वस्त छौं कि यो प्रक्षेपणले नेपालको बजार, विकास र नवप्रवर्तनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ ।’
यस्तै विशाल नाङ्गलियाले भने, ‘हाम्रो लक्ष्य भनेको एङ्कर प्यानासोनिक ब्राण्डसँग गहिरो सम्बन्ध प्रवर्द्धन गर्दै हाम्रा खुद्रा विक्रेता र उपभोक्ताहरूलाई सशक्त बनाउने समाधानहरू प्रदान गर्नु हो । जिभाले आजको बजारको विविध आवश्यकताहरू पूरा गर्ने हाम्रो समर्पणलाई प्रतिनिधित्व गर्दछ ।’
यसैगरी सुनसुके मिजोले थपे, ‘यो प्रक्षेपण एङ्कर प्यानासोनिकको लागि महत्त्वपूर्ण क्षण हो किनभने हामीले गुणस्तर, डिजाइन र प्रविधिको संयोजन गर्ने उत्कृष्ट समाधानहरू प्रदान गर्नमा ध्यान केन्द्रित गर्न जारी राखेका छौं । जिभासँग हामी बजारमा एक नयाँ बेन्चमार्क सेट गर्नको लागि नेपालका खुद्रा विक्रेताहरू र उपभोक्ताहरूसँग हाम्रो सम्बन्ध सुदृढ गर्ने लक्ष्य राख्छौं ।’
FACEBOOK COMMENTS