काठमाडौं । पाथीभरामा नो केबलकार समूहले बिहीबार गाडीका चालकलाई कुटपिट गरी गाडीमा क्षति पुर्याएको भन्दै ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आजबाट सवारी साधन सञ्चालन नगर्ने निर्णय भएको छ ।
पाथीभरा क्षेत्रमा बन्न लागेको केबलकार खारेजी पक्षले बिहीबार काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा चालक राजकुमार पौडेललाई साङ्घातिक आक्रमण गरी मे १ ज २५७९ नम्बरको सवारी साधनमाथि क्षति पुर्याएका थिए । उनीहरुले चालक पौडेललाई मरणासन्न हुनेसम्म कुटपिट गरेको घटना व्यवसायीले बिरोध जनाएका छन् ।
उनीहरुले आजदेखि मेची राजमार्ग, तमोर करिडोर र धरान-वसन्तपुर- गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सम्पूर्ण सडक सडक साथै जिल्लाका अन्य शाखा सडकमा यातायातका साधन नचलाउने जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS