काठमाडौं । आज काठमाडौंमा राजावादी र गणतन्त्रवादी आमनेसामने हुने भएका छन् ।
आज प्रदर्शनीमार्गमा समाजवादी मोर्चा र तीनकुनेमा राजावादीहरुले प्रदर्शन गर्ने भएका छन् । आज समाजवादी मोर्चामा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।
दुर्गा प्रसाईं नेतृत्वको पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ मा पसाईको पनि सहभागीता रहेका छ ।
राजावादी र गणतन्त्र पक्षधर आमनेसामने हुने भएपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीको नेतृत्वमा ३५ सय बढी प्रहरी परिचालन गरिएको छ ।
प्रदर्शनीमा हुने सम्भावित मुठभेड रोक्न तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
FACEBOOK COMMENTS