काठमाडौं । जेनजी प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् ।
उनीहरूले संसद भवनमा छिर्ने क्रममा पर्खालमा ढुङ्गामुढा गरेका थिए । सोक्रममा दुई नम्बर गेटको पर्खाल उनीहरूले भत्काएका छन् ।
उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
FACEBOOK COMMENTS