काठमाडौं । काठमाडौंको बानेश्वरमा जेनजी पुस्ताले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन् ।
आन्दोलनको दोस्रो दिन काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि भेला भएर नाराबाजी सुरु गरेका छन् । उनीहरुले प्रधानमन्त्री र सरकारविरूद्ध नाराबाजी गरिरहेका छन् ।
यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि काठमाडौंको चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनमा १९ जनाको मृत्यु भएको छ। काठमाडौंमा १७ जना र इटहरीमा दुई जनाको मृत्यु भएको थियो । यस्तै ४२१ जना घाइते भएका छन् ।
FACEBOOK COMMENTS