काठमाडौं । जेनजी आन्दोलनको एक समुह हामी नेपालीका सुदन गुरुङसहितको समुहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ ।
मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे गरेका थिए ।
सुदनले ओमप्रकास अर्याल आफै गृहमन्त्री बन्न लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले भने- यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर, सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’ युवाहरुले मुर्दामाथि राजनीति नगर, भन्दा नाराबाजी गरेका थिए । उपस्थित सुदनका समर्थकहरुहरुले आन्दोलन हाइज्याक भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
जेनजी समुहको प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् । कार्कीले बालेन शाहसँग निकट रहेका ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने भएपछि युवाहरु असन्तुष्ट बनेको देखिएको छ । अर्याल जेनजी समुहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिसँग वार्तामा समेत सहभागी भएका थिए । प्रधानमन्त्री कार्कीले अर्याल बाहेक पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको बताइएको छ ।
FACEBOOK COMMENTS