काठमाडौं । काठमाडौंको माइतीघरमा दिनहुँजसो प्रदर्शन भई रहेको हुन्छ । विभिन्न जिल्ला र स्थानबाट आएका मानिसले यहाँ प्रदर्शन गर्ने गर्दछन् । विभिन्न माग राखेर प्रदर्शन गर्नेको संख्या बढ्दो छ ।
सबैले माइतिघरको त्यो सडकमा आन्दोलनकै लागि बनेको पनि सोच्नु हुन्छ । तर अहिले त्यहाँ आन्दोलन मात्र हैन सडमै पाल टाँगेर बस्न पनि थालि सकेको छ । यहाँ लघुवित्त तथा सहकारी पीडितहरु रहरले बसेकोपनि हैन्न । बाध्यताले बसेका हुन् । उनीहरु यहाँ बस्न चाँहन्न तर बाध्यता बस साउने झरीमा रुझदै बसी रहेका छन् ।
त्यहीँ लघुवित्त तथा सहकारी पीडितहरुकाे आन्दोलनमा छन् बारा जिल्ला घर भएका धर्म शंखर उनी भन्छन् अब सरकारले कान नुसुने हामी तोडफोडमा उत्तन्छौँ ।
उनले भने, ‘ हामी नाैँ दिन भई सक्यो पालमा बसेको तर सरकारको ध्यान हामीमा छैन । हामी यो देशको नागरिक हैनैँ र । के हामी पिडित हैनैँ । हामी यहाँ ११ सय जाना आन्दोलनमा छौँ । कोही धर्मशाला त कोही यहाँ नै बसी रहेका छौँ । अब हामी तोडफोडमा उत्तिनै छौँ । हाम्रो सुनवाई हुदैन भने अन्तिम विकल्प यो नै हो ।’
यो साउनको वर्षाकै बेला पनि प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारी पाल टाँगेर बसेका छन् । उनीहरू राति पनि त्यहीँ बस्छन् सुत्छन् । उपत्यकाबाहिरबाट आएका प्रदर्शनकारीले सडकछेउमै खाना पकाएर खाने गरेका छन् । सडकमै उनीहरूले ल्याएका ग्यास सिलिन्डर, भाँडाकुँडा देखिन्छ ।
त्यति मात्र होइन, पानीले उनीहरू भिजेका छन् । भिजेका कपडा बदल्छन् । ती कपडा त्यहीँ डोरी टाँगेर सुकाएका छन् । प्रदर्शन लम्ब्याएर उनीहरू कष्टप्रद दैनिकी गुजार्दै छन् ।
यो हेर्नुहोस् तस्बिर
FACEBOOK COMMENTS