काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले आफ्नो पदबाट राजीनामा दिएका छन् ।सोमबार दिउँसो एन्फाको मुख्यालयमा प्रवक्ता राईले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन् ।
प्रवक्ता राईले वरिष्ठ उपाध्यक्षको रोहवरमा एन्फाको प्रबक्ताबाट राजीनामा बुझाइको जानकारी फेसबुकमार्फत दिएका छन् ।उनले लेखेका छन् –‘अखिल नेपाल फुटबल संघको मुख्यालयमा अध्यक्ष ज्युलाई वरिष्ठ उपाध्यक्षज्युको रोहवरमा एन्फाको प्रबक्ता बाट राजीनामा बुझाइयो !’प्रवक्ता राईले राजीनामाको कारण भने खुलाएका छैनन् ।
FACEBOOK COMMENTS