काठमाडौं । नयाँ मन्त्री अनिता कुमारी साहको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ ।
जनमत पार्टीबाट मन्त्री बनेकी साहको आज बिहान १० बजे शपथ हुन लागेको हो ।
मन्त्री साहलाई आज बिहान १० बजे गराउन लागिएको बताइएको छ । उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन ।
आइतबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
सम्भवतः साहलाई सामान्य प्रशासन मन्त्रालय दिने तयारी रहेको बुझिएको छ ।
FACEBOOK COMMENTS